चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौं, १६ चैत । शिक्षक सेवा आयोगले चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ । आयोगले आज सूचना जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘आन्तरिक प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने विज्ञापन प्रकाशित भएकोमा उक्त विज्ञापनबाट मात्रै पद पूर्ति हुन नसक्ने र यसबाट नियमित पठनपाठन प्रभावित हुनसक्ने देखिएकाले आन्तरिक र खुल्ला विज्ञापनसँगसँगै शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्दा उपयुक्त देखिएकाले तोकिएको परीक्षा कार्यतालिका स्थगित गरिएको छ ।’

विद्यार्थी संगठनद्वारा आन्दोलनका सबै कार्यक्रम स्थगित

आयोगले  परीक्षा स्थगित गर्ने निर्यणको आन्दोलनरत विद्यार्थी संगठनले स्वागत गरेका छन् । आमरण अनसनमा बसेकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विद्यार्थी संगठनले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरिएको जनाएका छन् ।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले २३ चैतमा शिक्षक सेवा आयोगले  लिन लागेको अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न माग गर्दै अाजबाट शैक्षिक आमहड्ताल सुरु गरेका थिए । विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन खारेज गर्न पनि माग गरेका थिए।

विद्यार्थी संगठनले  अाज देशभरका कलेजअगाडि प्रदर्शन र आधा घन्टा चक्काजाम  गरेका थिए । यसैगरी १७ चैतदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);