प्रदेश ७ मा अस्थायी शिक्षकको परिक्षा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश ७ मा अस्थायी शिक्षकको परिक्षा सम्पन्न

sikshak parikshya

कञ्चनपुर, २९ असार ।  शिक्षक सेवा आयोगले प्रदेश नम्बर ७ मा अस्थायी शिक्षकको आन्तरिक परिक्षा लिएको छ । पटक पटक स्थगित भएको अस्थायी शिक्षकको परिक्षा आयोगले शुक्रबार लिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा भएको परिक्षामा मावी र निमावीतर्फ ६ सय ६६ शिक्षकले परीक्षा दिएका छन् । शनिबार प्राथमिकतर्फ १ हजार ४ सय ३१ शिक्षकले परीक्षा दिने छन् ।

शुक्रबारको परिक्षा शन्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका प्रमुख दुर्गादत्त विष्टले जानकारी दिनुभयो । यसअघि शिक्षकको आन्तरिक परिक्षा तीन पटक स्थगित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);