विद्यार्थी र अस्थायी शिक्षकबीच स्टुडियोमै घम्साघम्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विद्यार्थी र अस्थायी शिक्षकबीच स्टुडियोमै घम्साघम्सी

sattasasan

काठमाडाैं, २७ चैत । शिक्षक सेवा आयोगले गत चैत २३ गतेलाई तोकेको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । विभिन्न विद्यार्थी संगठनको चर्को दबाबका कारण अस्थायी शिक्षकको परीक्षा स्थगित भएको हो ।

परीक्षा स्थगनको माग गर्दै राजधानीमा शिक्षक र विद्यार्थी अनशनमा बसेका थिए । शिक्षा ऐनको नवौं संशोधन अनुसार हुन लागेको परीक्षा स्थगित गरी खुला प्रतिस्पर्धाबाट परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी अनशनमा बसेका थिए । उनीहरुले परीक्षा स्थगित भएसँगै अनशन तोडेका थिए । यसैगरी २३ गतेको परीक्षा स्थगित भएसँगै दुई शिक्षकले पनि अनशन तोडेका थिए ।

यसरी अनशन किन बस्नु परेको हो र अबका दिनमा अस्थायी शिक्षक र विद्यार्थीको आन्दोलन कसरी अघि बढ्छ ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरिले अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ र अस्थायी शिक्षक संघर्ष समितिका कार्यवाहक अध्यक्ष हरिवंश पराजुलीसँग गरेको रोचक कार्यक्रम हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);