चैत २३ गते हुने अस्थाई शिक्षकको परीक्षा रोक्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चैत २३ गते हुने अस्थाई शिक्षकको परीक्षा रोक्न माग

काठमाडौं, १४ चैत । विद्यार्थी संघर्ष समिति नेपालले यहि चैत २३ गते हुन लागेको अस्थाई शिक्षकको परीक्षा रोक्न माग गरेको छ ।

शिक्षा ऐन नवाैँ संशोधनको विरोधमा रहेका विद्यार्थीहरुले शिक्षा आयोगले लिन लागेको परीक्षा रोक्न माग गरेका हुन् । नवाैँ संशोधनले अध्यापनको अनुमति लिएका ७ लाख भन्दा धेरै विद्यार्थी सेवा प्रवेश गर्ने अवसरबाट बञ्चित भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले सर्वाेच्च अदालतमा नवाैँ संशोधनको विरुद्धमा परेको मुद्दा विचाराधिन रहेकाले परीक्षा नरोके देशभरका शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिएका छन् । शिक्षा ऐन नवौँ संशोधनको विरोधमा तीन जना विद्यार्थी माइतीघर मण्डलामा अनशनमा बसेका छन् ।

यसैबीच प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा ऐनको नवौँ संशोधन अविलम्ब खारेज गर्न माग गर्दै मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै लाखौँ विद्यार्थीको प्रतिस्पर्धाको अधिकारलाई कुण्ठित नगर्न चेतावनी समेत दिएका थिए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);