मध्यपुर थिमि नगरपालिका प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मध्यपुर थिमि नगरपालिका प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा

भक्तपुर, १४ चैत । मध्यपुर थिमि नगरपालिकामा प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा पुगेको छ । नगरपालिकाको २२ औं स्थापना दिवस नगरप्रमुख र उपप्रमुखले छुट्टाछुट्टै मनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएर र उपप्रमुख अन्जनादेवी मधिकर्मीले नेपाल कोरिया मैत्री अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर दिवस मनाएका छन् ।

उपप्रमुख मधिकर्मीले नगरप्रमुख श्रेष्ठले मनोमानी ढंगले काम गरेको भन्दै छुट्टै दिवस मनाएको बताउँछन् । यता नगरप्रमुख श्रेष्ठले उपप्रमुख मधिकर्मी बैठकमा नै नआएको बताउँछन् । नगरप्रमुख श्रेष्ठ एमाले र उपप्रमुख मधिकर्मी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);