लाय्कु भैलः नाच हेर्न उपराष्ट्रपति आज राति भक्तपुर आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

लाय्कु भैलः नाच हेर्न उपराष्ट्रपति आज राति भक्तपुर आउँदै

भक्तपुर। उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैलः नाच अवलोकन गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उनी नाच हेर्न आज राति भक्तपुर आउन लागेका छन् ।

मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि विविध साँस्कृतिक नाच हुने गरे पनि राष्ट्रियस्तरमा प्रचारप्रसार नभएकोले ओझेलमा छन्।यस्ता साँस्कृतिक महत्वका सम्पदाकाे प्रचार हाेस भनेर उपराष्ट्रपतिलाई निमन्त्रणा गरेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । यी नाचहरू अवलोकनका लागि पहिलो पटक विशिष्ट व्यक्तित्वको आगमन हुन लागेको नगरप्रमुख श्रेष्ठले बताए । आजदेखि चार दिनसम्म मध्यपुर थिमिमा लाय्कु भैलः, महाकाली नाच तथा निलबाराही गण नाचलगायतका ऐतिहासिक तथा साँस्कृतिक नाच सुरू हुँदैछ । लायकु भैलः, मध्यपुर थिमिको ऐतिहासिक लाय्कु (दरवार) बाट निस्कने भएकोले मल्लकालिन अवस्थामा यसको राजकीय सम्मान तथा सहभागिता रहको देखिन्छ। नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले भक्तपुरको नवदुर्गा नाच, बोडको निलबाराही नाचसँगै थिमिमा लाय्कु भैलः नाच सञ्चालन गरेको जनविश्वास छ। स्थानीय किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य तथा दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आरधना गरी देवीको आज्ञा बमोजिम यो नाच शुरू गरेको हाे।

लाय्कु भैलः नाचमा ज्यापुंगः ( बेताल) –१ जना, भैलः(भैरव) –२ जना र दागिं (कुमारी) २ जना गरी पाँच जनाको नाच हुने गर्छ । लाय्कुमा वृहत् भोजको आयोजना गरी बेलुका ८ः३० बजेतिरबाट लाय्कु भैलः निकालिने छ। यही जात्रा अवलाकेनका लागि उपराष्ट्रपति राति ९ बजे आउने कार्यक्रम छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);