भक्तपुरमा सिन्दुर जात्रा मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुरमा सिन्दुर जात्रा मनाइयो

सुबास चौलागाई
भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट मनाउने सिन्दुर जात्रा बिहीबार बिहान हर्षोल्लासका साथ मनाइएको छ। सिन्दुर जात्रा हरेक वर्ष नयाँवर्षको भोलिपल्ट मनाउने गरिन्छ । बिस्का जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध रहेको छ ।

मध्यपुर थिमिबासीहरुले एक आपसमा सिन्दुर छ्यापेर बाजागाज तथा नाच गानसहित जात्रा मनाएका छन् । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर थिमि क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दुर जात्रा मध्यपुर थिमिको सबैभन्दा ठूलो जात्रा हो ।

थिमिक्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);