सतीदेवीको दाहिने आँखा पतन भएको शक्तिपीठ सिद्धिकाली मन्दिरको यस्तो छ रोचक तथ्य | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

सतीदेवीको दाहिने आँखा पतन भएको शक्तिपीठ सिद्धिकाली मन्दिरको यस्तो छ रोचक तथ्य

मध्यपुर थिमिमा ऐतिहासिक प्रसिद्ध शक्तिपीठ सिद्धिकालीको मन्दिर अवस्थित रहेको छ । दुई तल्ले शैलीमा निर्मित रहेको यो मन्दिरको गर्भगृहमा देवीको शिला मूर्ती रहेको छ भने अन्य देवी देवताका मूर्तीहरु पनि रहेका छन ।

अष्टमातृका देवीको रुपमा पूजीने देवीलाई चामुण्डा देवी पनि भनिन्छ । यो शक्तिपीठलाई स्वस्थानी व्रतकथामा आधारित सतीदेवीको दाहिने आँखा पतन भएको शक्तिपीठ भनिने जनविश्वास छ ।

यो मन्दिर दैनिक विहान ४ बजे खुलेर बेलुकी आठ बजे वन्द हुने यस मन्दिरमा दैनिक भजन कृतन हुने गर्दछ । यहाँदैनिक देवीको पूजा अर्चनाका लागि श्रदालु भक्तजनको चहल पहल रहने यस मन्दिरमा विशेष गरेर मंगलबार र शनिवार भक्तजनको विशेष उपस्थिती रहने बताइन्छ ।

मन्दिरको पश्चिम तर्फ विष्णु गंगा तिर्थ रहेको छ । सँगै भिमेश्वर मन्दिर पनि रहेकाले उक्त तिर्थलाई भीम घाट पनि भनिन्छ । पहिलापहिला यस तिर्थ स्थलमा रुन्चेलागेका बालबालिका लाई मुख धोइदिइ अथवा स्नान गराएर सिद्धिकालीको मन्दिरमा दर्शन गराउने चलन रहेको थियो । तर अहिले त्यो घाट मासिसकेको अवस्था भएपनि मन्दिरमा बच्चाहरुलाई दर्शन गराउन ल्याउने चलन चाहि रहेको पाइन्छ ।

मध्यपूर ठिमीको मध्य भागमा पर्ने यो मन्दिरको विशेष महत्व रहेको छ । जसले गर्दा स्थानीयको घरमा विषेश सामाजीक तथा धार्मिक कार्यक्रममा आयोजना हुँदा यहा पूजा आजा गर्ने प्रचलन पनि रहेको पाइन्छ । हरेक वर्ष बैशाख महिनामा यस मन्दिर परिसरमा सिन्दुर जात्रा हुने गर्दछ ।

जात्राको अवसरमा विभिन्न देवी देवताको खट जात्रा गरिने र मध्यपूर ठिमीपरिक्रमा गराइन्छ । मन्दिरको परिसरमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरिएको पाइन्छ जसमा गणेश, भैरव, शिव मन्दिर, सरस्वती मन्दिर, भीमसेन मन्दिर, बसुन्धरा मन्दिर, राधाकृष्ण, सहस्रभुज लोकेश्वर मन्दिर, नवदुर्गा र बुद्ध चैत्य लगायत छन् । मन्दिर परिसरमा ढुङ्गे धाराहरु पनि रहेका छन् भने विभिन्न सामाजीक तथा धार्मिक कार्यकालागि पाटी सतलहरु रहेका छन् ।

सिद्धिकाली मन्दिर परिसरमा मनाइने प्रमुख चाडहरूमा बिस्का जात्रा/ चैत्र महिनाको अन्तिम दिन र वैशाख १ गते मनाइन्छ, दिगु पूजा, गथेमंगल, येन्या पुन्ही जात्रा, मोहनी (दशैं), बाला चतुर्दशी, श्रीपञ्चमी÷वसन्त पञ्चमी, होली पूर्णिमा र महा शिवरात्रि रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);