तन्त्रशक्तिमा प्रख्यात मानिने टुडालदेवी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

तन्त्रशक्तिमा प्रख्यात मानिने टुडालदेवी

काठमाडौं, २५ असाेज । काठमाडौंको मध्य भागमा अवस्थित पौराणिक महत्व बोकेको र लिच्छवीकालको एैतिहासिक धरोहर रुपमा मानिने देवी स्थल टुडालदेवी मन्दिर इक्षुमतिको किनारमा अवस्थित रहेको छ्र । तिन तल्ले प्यागोडा शैली निर्मित यो मन्दिर पूरा तत्वविभागको सहयोमा निर्माण गरि सुन्दर बनाइएको छ । परापूर्व कालमा यो मन्दीर मानदेवको हजुरवुवा रामदेवले बनाउन लगाएको मानिन्छ ।

मन्दिरलाई चागुँनारायण भन्दा ११० वर्ष पूरानो मानिन्छ । हाल मठमन्दिर वन्दभएसँगै यो मन्दिर पनि पूर्ण रुपमा वन्द भएको छ तर हाल नित्य पूजा भने चलिरहेको छ । विहान ४ बजे खुलेर बेलुकी ८ वजे वन्द हुने गरेको सो मन्दिरमा दैनिक नित्य पूजा बिहान ६ः३० बजे गर्ने गरिन्छ । करिव १२ रोपनी जग्गामा फैलिएको यो मन्दिरको प्राङण भित्र टुडालदेवि लगायत अन्य देवी देवताको दर्शन गर्न सकिन्छ ।

जसमा गणेश भैरव, गोरखनाथ शिव लगायतको देविदेवताको दर्शन गर्न सकिन्छ । टुडालदेवीलाई देवीलाई तन्त्र विद्यामा प्रख्यात मानिन्छ । तन्त्र विद्यामा प्रख्यात मानिने हुनाले यस मन्दिरमा साधकहरुले दिक्षा लिने गर्दछन् भन्ने भनाइ छ । मन्दिरमा दैनिक जसो भक्तजनहरु दर्शनका लागि आउने गरेता पनि विशेषगरेर यहा अष्टमी, चतुदर्शी, पूर्णीमामा भक्तजनहरुको भीडा लाग्ने गर्दछ । नजीकै रहेको भाटभटेनीलाई टुडालदेवीको छोरी ज्वांई मानिन्छ्र ।

वर्षेनी चैत्रशुक्ल पूर्णिमामा टुडालदेवीको परम्परागत जात्रा चलाईन्छ जस्मा भाटभटेनीको विशाल मूर्ति टुडालदेवी मन्दिरमा ल्याईने परम्परा रहेको छ्र । यो जात्राको महत्व पूर्ण भाग हाडिगाउको गहना पोखरीमा सम्पन्न हुन्छ्र । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको भनाइ छ । टुँडालदेवीको गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ ।

यस जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराही सहित धनगणेश लगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ । टुँडालदेवीको गहना खोज्ने जात्रा परम्परा अनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ । त्रयोदशीको राति भाटभटेनीलाई टुँडालदेवीबाट र्फकाएर ल्याउदा मृत्युकर्ममा बजाइने सिंःबाजा बजाइने गरिन्छ त्यति बेला सो खट कसैले पनि हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइछ ।

जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ । यति धेरै देवदेवीको खट एकै स्थानमा ल्याईने टुडालदेवीको महिमा एवं महत्व रहेको पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);