कोरोना संक्रमण र जोखिम बढेपछि घोराही र बबईमा पुन : विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

कोरोना संक्रमण र जोखिम बढेपछि घोराही र बबईमा पुन : विद्यालय बन्द

दाङ, २५ असाेज । दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।

नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा आइतवार बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने, कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । साथै शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

त्यस्तै बबई गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पुनः बन्द भएका छन् ।कोरोना भाइरस महामारीको कारण लामो समय देखि बन्द भएर गत असोज ११ गतेदेखि सञ्चालन हुँदै आएका विद्यालय समुदायस्तरमा छिटफुट रुपमा कोरोना भाइरस संक्रमण देखिएकोले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आइतवार असोज २५ गतेदेखि अर्को सुचना जारी नभए सम्म बिद्यालय बन्द गर्ने निर्णय भएको बबई गाउँपालिका शिक्षा शाखाले सुचना जारी गरी जानकारी दिएको छ ।

बैकल्पिक शिक्षण सिकाई रेडियो शिक्षा शिक्षण कार्यक्रम भने पुर्व निर्धारित समय तालिका अनुसार साबिक बमोजिम जारी रहने बबई गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन दाहाल जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार