भक्तपुरका चार वटै नगरपालिमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुरका चार वटै नगरपालिमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

भक्तपुर, २ माघ । भक्तपुर जिल्लाको चार वटै स्थानीय तहले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय बालबालिकाको भौतिक उपस्थिती मै कक्षा सञ्चालन सुरु गरेका छन ।

कोरोना भाइरस महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका विद्यालयहरुले नगरबासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षकरशिक्षिका, सञ्चालकलगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गरेको भक्तपुरका चार वटै नगरपालिकाले जनाएका छन ।

जिल्लाको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्र अन्तर्गतका विद्यालयहरु गत मंसिर ९ गतेबाट विद्यार्थीको भौतिक उपस्थितीमा नै कक्षा सञ्चालन गर्दै आएको छ भने भक्तपुर नगरपालिकाले पुस १ गतेबाट कक्षा ८, ९ र १० कक्षा सञ्चालन थालेको थियो ।

सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले माघ ४ बाट विद्यार्थीको भौतिक उपस्थितीमा कक्षा सञ्चालनको तयारी गरेको छ । विद्यालय खुला गर्ने सन्दर्भमा नगरपालिकाले निर्णय गर्नुअघि नै शिक्षक, अभिभावक, विभिन्न शिक्षक संघ र विद्यार्थी प्रतिनिधिहरुसँग छलफल गरेको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले बताउनुभयो ।

यता मध्यपुर थिमि नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र वनका अनुसार तोकिएका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी माघ ४ गतेबाट कक्षा सञ्चालन गरिने छ । कोभिड–१९ संक्रमितको संख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिका भरी सूचना जारीगरी कुनैपनि समयमा विद्यालय विद्यार्थीहरुको भौतिक उपस्थितीका रुपमा सञ्चालन गर्न बन्द गरिने समेत जनाएको छ ।

उता चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले नगरअन्तर्गतका विद्यालयहरुले भौतिक दूरी कायम गर्दै, मास्क, स्यानिटाइजरको प्रयोग गरेर मंसिर ९ गतेबाट कक्षा सञ्चालन गरेको र हालसम्म कुनै स्वास्थ्य समस्या झेल्नु नपरेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);