वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागिएको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिक रुपमा विद्यालय सञ्चालन गर्दै लगिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै विद्यालय सञ्चालन गर्न आह्वान गरिएको छ । विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख छ ।

विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग, भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);