काठमाडौँ महानगरपालिकामा विद्यालय खोल्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ महानगरपालिकामा विद्यालय खोल्ने तयारी

school

काठमाडाैं, २६ पुष । काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो ।

कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताउनुभयो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ ।

यद्यपी सरकारले निर्णय भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उहाँको भनाई छ । अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताउनु भएको छ ।

जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उहाँले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गर्नुभयो । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ । विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराईरहेका छन् ।

बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताउनुभयो । अविभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्नेआ आशंका गरिरहेका छन् । देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारी रुपमा अध्ययन अध्यापन हुन सकेको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);