सुकुम्बासी समुदायको ब्यवस्थित बसोबासका लागि पहल नगरेको भन्दै भवनमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुकुम्बासी समुदायको ब्यवस्थित बसोबासका लागि पहल नगरेको भन्दै भवनमा तालाबन्दी

कञ्चनपुर, २६ पुष । कञ्चनपुर पुनर्वास नगरपालिकामा नगरपालिकाले सुकुम्बासी समुदायको ब्यवस्थित बसोबासका लागि पहल नगरेको भन्दै सुकुम्वासीले नगरपालिका भवनमा तालाबन्दी गरेका छन ।

नगरपालिका भित्र ऐलानि जग्गमाा बसोबास गर्दै आएका सुकुम्बासीले जग्गा धनी लाल पुर्जाको माग राख्दै आईतबार सुकुम्बासी नगर संघर्ष समितिले पुनर्वास नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

गत सोमवार सुकुम्बासी सँघर्ष समिति पुनर्वासले सुकुम्बासी समस्या समाधानको माग राख्दै नगरलाई ज्ञापन पत्र बुझाई मौन जुलुस तथा धर्ना कार्यक्रम समेत गरेको थियो । नगरपालिका भित्र ४२ सय सुकुम्बासी परिवार जग्गा धनी लाल पुर्जाविहिन रहेका छन् ।

स्थानीय सरकार गठन भएको ३ वर्ष बिति सक्दा पनि सुकुम्बासीका लागि कुनै पहल नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको उनीहरु बताउँछन् । आन्दोलनमा सहभागी भएका सुकुम्बासीले चुनावका बेला मात्र आफुहरलाई सम्झिने त्यसपछि कहिल्यै समस्या बुझ्न नआउने गरेको गुनासो सुनाउछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);