भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु

नवलपरासी, २ फागुन । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु गरेको छ । नगरपालिकाले नगर भित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत संकलन शुरु गरेको हो ।

अहिले मध्यबिन्दु नगरपालिकाका १५वटै वडाका १० हजार बढी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु आफूले बर्र्षाैदेखि खनजोत गर्दै आएको जग्गाको लालपूर्जा पाउनेमा आस राख्दै नगरपालिकाले तोकेको फारम भर्न दिनभर लाइनमा लाउने गरेका छन् ।

नवलपुरको मध्यबिन्दु नगरपालिकामा ४५ बर्षदेखि जमिन खनजोत गर्दै आएका तर जग्गा धनि प्रमाण लालपूर्जा पाउन नसकेका धेरै रहेको वडाध्यक्षहरु बताउनहुन्छ । लगत संकलनका काम यो भन्दा अघि पनि राष्ट्रिय स्तर र जिल्ला स्तरबाटै भईसकेर पनि लालपुर्जा नपाएको भन्दै स्थानीय सुकुम्वासी भने अझै विश्वस्त हुन सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);