सुरक्षा नियन्त्रणका लागि सेक्यरिटी साईरन जडान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुरक्षा नियन्त्रणका लागि सेक्यरिटी साईरन जडान

बाँके, २ फागुन । नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित बुद्धनगर टोलमा सुरक्षा नियन्त्रणका लागि साईरन जडान गरिएको छ । बुद्धनगर टोल विकास समितिले आफ्नै खर्चमा ७० हजारको लागतमा आईतबार साईरन जडान गरेको हो ।

नेपालमा हालसम्म बाँके बाहेक अन्य स्थानमा १२ सयको हाराहारीमा सेक्यरिटी साईरन जडान गरिसकेको छ । सेक्यरिटी साईरन जडानले टोलको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।

साईरनमा घन्टी बजाउँन वित्तिकै ७० वटा मोबाईलमा एसएमएस जाने र जसको घरमा घटना घटेको त्यो समेत जानकारी गराउने भएकाले टोलवासीहरुले पनि सुरक्षित महशुस गरेका छन् ।

साईरनको पहिलो घण्टीबाट टोलवासीहरुलाई जानकारी पु¥याउँछ भने दोश्रो घण्टीले जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बरमा जानकारी गराउँदछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);