महिलाहरु अगाडि बढेन भने मुलुक नै समृद्ध हुँदैन : महिला मन्त्री महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिलाहरु अगाडि बढेन भने मुलुक नै समृद्ध हुँदैन : महिला मन्त्री महतो

काठमाडाैं, २ फागुन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले महिलाहरु अगाडि बढेन भने मुलुक नै समृद्ध नहुने बताउनु भएको छ । जनकपुरधाममा आईतबार महिला हस्तकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री महतोले महिला कहिले कमजोर नभएको बताउनु भएको हो ।

महिलालाई आत्म निर्भर र रोजगारसँग जोड्नका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याइएको पनि मन्त्री महतो स्पष्ट पार्नुभएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा भएको दुई दिवसीय महिला हस्तकला मेला÷प्रदर्शनीमा ५० भन्दा बढी स्टालहरु राखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);