प्रणय दिवस : प्रेम साट्न रानीमहलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रणय दिवस : प्रेम साट्न रानीमहलमा

पाल्पा, २ फागुन । प्रेमको प्रतिक पाल्पाको रानीमहल दरबारमा आइतबार बिहानै देखि प्रेम जोडीहरुको भिड लागेको छ । शनिबार बेलुकी देखि नै खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको संझनामा निर्माण गरेको रानीमहल दरबारमा जोडीहरु पुगेको स्थानीयले जनाएका छन् । 

रानीमहलसँगै यहाँका श्रीनगरडाँडा, शिद्धबाबा क्षेत्र लगायतका अन्य स्थलमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ । कालीनदी किनारमा रहेको सुन्दर रानीमहल तत्कालीन राजा खड्गशम्शेरले तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेका थिए ।   

पाल्पाको सदरमुकाम तानसेन देखि १४ किलोमिटर उत्तर कालीनदी किनारमा २४ कोठा भएको दरबारमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला साथै भक्तिनी बस्ने स्थानसमेत देख्न सकिन्छ । हिन्दू धर्मअनुसार रानीमहल क्षेत्रमा कालीनदी उत्तरतर्फ फर्केर बगेको हुनाले त्यस स्थानमा स्नान गरे वा पानी छोएमात्रै पनि पवित्र भइन्छ भन्ने धार्मिक विश्वाससमेत रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);