भ्यालेन्टाइनडेमा पाल्पाको रानीमहलमा पे्रमिल जोडीहरु ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भ्यालेन्टाइनडेमा पाल्पाको रानीमहलमा पे्रमिल जोडीहरु ( भिडियो रिपोर्ट )

नवराज पौडेल \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन ३ ।  तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीहरुलाई सम्मान तथा स्वागत गरेको हो । प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीहरुलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले जानकारी दिनुभयो ।

त्यहाँ पुग्ने २५ जोडीलाई विशेष सत्कार गरिएको छ । उनीहरुलाई गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन समेत गरिएको थियो । नगरपालिकाले युगल प्रेमिल जोडीलाई रातो कार्पेटमा राखेर रातो गुलावको फूल साटासाट गरी स्वागत गरेको थियो । प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।

प्रेमको प्रतिकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले कार्यक्रमको आयोजना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भयो । पर्यटन प्रवद्र्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा पर्यटन व्यवसायिले गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);