पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण

RaniMahal

पाल्पा, १० साउन । सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानी महल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । सरकारका तर्फबाट पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका प्रमुख अशोककुमारी शाहीले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रानीमहल हस्तान्तरणसम्बन्धि १० वर्षे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा गरिएको समझदारीमा सो महलको व्यवस्थापन, संचालन र मर्मत सम्भार गर्दा सरकारको अनिवार्य स्विकृति तानसेन नगरपालिकाले लिनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले महलको उचित व्यवस्थापन गरी आयआर्जन गर्न तानसेन नगरपालिकालाई आग्रह गरे । उनले महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने बताए ।

१० वर्षे समझदारी पत्रमा सो महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था पनि गरिएको छ । कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख शाहीले महलको पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको उजागर गर्दै यसलाई विश्वमै चिनाउने गरी व्यवस्थापनको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

विक्रम संवत १९५४ मा खडगशमशेर राणाले रानी तेजकुमारी राणाको सम्झनामा निर्माण गरिएको यो महलको ऐतिहासिक महत्व रही आएको छ । आकर्षक कलाकृतिले सजिएको यो महललाई ‘नेपालको ताजमहल’ को रुपमा पनि चिनिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);