निगमको दोस्रो वाइडबडी विमान काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

निगमको दोस्रो वाइडबडी विमान काठमाडौंमा

nac makalu

काठमाडौं, १० साउन । नेपाल वायु सेना निगमले दोस्रो वाईडबडी विमान पनि भित्रयाएको छ । ए ३३०–२०० सिरिजको विमान बिहिबार बिहान करिब सवा नौं बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

‘मकालु’ नाम दिइएको नयाँ विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरुले स्वागत गरेका थिए । विमानलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नयाँ विमानसहितका २ वटा वाईडबडी विमानले तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेवियाको उडान भर्ने बताए । उनले सरकारले ५ वर्ष भित्र १० वटा वाईडबडी विमान भित्रयाएर युरोपीयन मुलुकहरुमा पनि उडान भर्ने लक्ष्य लिएको जानकारी गराए ।

आज भित्रयाइएको वाईडबडी विमान निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग खरिद गरिएको हो । विमानको खरिद मूल्य २१ अर्ब ९० करोड रुपैँया रहेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);