वाईडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि कडा कार्वाही हुन्छ : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वाईडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि कडा कार्वाही हुन्छ : मन्त्री अधिकारी

rabindra adhikari

काठमाडौं, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाईडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानवीन गरिरहेको संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भिरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल एयेरलाईन्सलाई कमजोर बनाउने नियतका साथ छानवीन गर्ने काम नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराए ।

मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहो¥याउँदै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे । उनले छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको बताए ।

मन्त्री अधिकारीले संसदीय समिति, अख्तियार लगायतका छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गरे । उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भईरहेको पनि जानकारी दिए ।

मन्त्री अधिकारीले आगामी मार्च भित्र वाईडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि सारे । मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँ नयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको पनि स्पष्ट पारे ।

उनले एक वर्ष भित्र नेपालको कूल ग्राहस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री अधिकारीले नौं महिना भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न हुने बताए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);