पुस पहिलो हप्ताबाट संघीय संसदको हिउँदे अधिवेशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पुस पहिलो हप्ताबाट संघीय संसदको हिउँदे अधिवेशन

काठमाडौं, १२ मंसिर । संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने बताए ।

बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले नेपाली काँग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ता अघि संसदको हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहको स्पष्ट पारे । संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ ।

अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कार्वाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराए । उनले समितिको कामलाई प्रभावकारी बनाउन समयसीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);