संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुने

काठमाडौं, ३ पुस । संघीय संसदको हिउँदे अधिवेशन यही पुस ११ गते सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);