काँग्रेसका सांसदद्वारा मन्त्री अधिकारीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

काँग्रेसका सांसदद्वारा मन्त्री अधिकारीको राजीनामा माग

rabindra adhikari

काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै सांसद आलेले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानवीन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गरिन् ।

सांसद आलेले ४ अरव ३५ करोड सो वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानवीन समिति गठन गरेको भन्दै सरकारको पनि आलोचना गरिन् ।

काँग्रेस सांसद आलेले वाइडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको ध्यानाकर्षण गराईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);