वाइडबडी बिमान खरीदमा अनियमितता भएको मिनेन्द्र रिजालकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

वाइडबडी बिमान खरीदमा अनियमितता भएको मिनेन्द्र रिजालकाे अाराेप

काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले  वाइडबडी विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानवीन गर्न माग गरेका छन् ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बाेल्दै नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानवीन गर्न माग गरेका हुन् ।

उनले ५० औं वर्षसम्म मुलुकलाई आर्थिक भार पर्नेगरी विमान खरिदमा अनियमितता भएको भन्दै त्यसलाई छानवीनको दायरामा ल्याउन आफ्नो पार्टीको माग रहेको बताए ।

निगमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौं प्रतिशत व्याजमा २४ अरव ऋण लिएर दुई वटा वाईडबढी विमान खरिद गरेको थियो । समितिको बैठकले वाईडबढी खरीदवारे छलफल गर्न आगामी आइतवार पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी सहित मन्त्रालयका सचिव र निगमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको छ ।

यसैगरी समितिको बैठकमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद हृदयेश त्रिपाठीले कृषि विकास मन्त्रालयले कृषकको कामै नगरेको भन्दै उक्त मन्त्रालय खारेज गर्न माग गरेका छन् । सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारी नै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);