राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी, नेपालले अध्यक्ष मण्डलको नेतृत्व चक्रिय प्रणालीमा संचालन गर्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले नेतृत्व चक्रिय प्रणालीमा संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी नेता राजेन्द्र महतोलाई दिएको छ । अध्यक्ष मण्डललाई चक्रिय प्रणालीमा संचालन गर्ने सो निर्णयमा नेता अनिल झाले भने असहमति जनाएका थिए ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगका बुझाएको केन्द्रिय कार्य समितिलाई नै मान्यता दिएको छ । पार्टीका महासचिव केशव झाले त्यसयता केन्द्रिय कार्य समितिमा गरिएका सबै मनोनयन खारेज गरिएको पनि जानकारी दिए ।

पार्टीले महाधिवेशनलाई लक्षित गरेर पार्टीको साधारण तथा सक्रिय सदस्यता मंसिर मसान्त भित्र वितरण गरिसक्ने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);