डा. केसीको जीवन रक्षाका लागि लचकता अपनाउन राजपाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डा. केसीको जीवन रक्षाका लागि लचकता अपनाउन राजपाको सुझाव

काठमाडौं, १ असार । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले पनि वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो ।

गोविन्द केसीको आमरण अनसन तोडाउन वार्तामा जोड दिन पनि सरकारसँग आग्रह गरिएको नेता राजकिशोर यादवले जानकारी दिए । बैठकले वरिष्ठ चिकित्सक केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ ।

पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय अनुमोदन गरेको छ । त्यसैगरी महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने निर्णय गरिएको नेता यादवले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बुधबार (भोलि) पुनः अध्यक्ष मण्डलको बैठक बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);