वरिष्ठ चिकित्सक केसीको माग पुरा गर्न मानव अधिकार समितिद्धरा सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

साउन २६, काठमाण्डौं ।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

 

समितिको विहिबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीको आमरण अनसन तत्काल तोडाउन पनि सरकारलाई सचेत गराएको छ । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकित्सक केसीले आमरण अनसन थाल्नु भएको १९ दिन पुगेको छ । चिकित्सक केसीको जीवन रक्षाका लागि समेत सरकारलाई सचेत गराउनु परेको समितिका सभापति सुशीलकुमार श्रष्ठले जानकारी दिनु भयो ।

 

 

समितिले यस अघि पनि वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकारलाई निर्देशन दिँदै आएको छ । बैठकमा बोल्दै स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सरकार चिकित्सा क्षेत्रको विसंगति हटाउन लागि परेको दावी गर्नु भयो । उहाँले शक्तिशाली आयोग बनाएर चिकित्सा क्षेत्रको सुधार हुने गरी ऐन, कानुन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

 

 

चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले ११औं पटक आमरण अनसन बस्नु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);