डा. केसीको जायज माग सम्बोधन गर्न सरकारलाई थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. केसीको जायज माग सम्बोधन गर्न सरकारलाई थापाको आग्रह

Kamal-Thapa-

काठमाडौं, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले आमरण अनसनरत चिकित्क गोविन्द केसीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाले समग्र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक आमरण अनसन बसेका चिकित्सक केसीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग माग गरेका छन् । उनले चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकारलाई सकारात्मक बनिदिन पनि आग्रह गरे ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीका पदाधिकारी तथा प्रदेश कार्यसमितिका अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले छोराको हत्यारालाई कार्बाहीको माग गर्दै आमरण अनसनरत गंगामाया अधिकारीलाई न्याय दिलाउने कार्यमा पनि ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

अध्यक्ष थापाले जुम्लामा आमरण अनसनमा बसेका चिकित्सक केसीसँग विगतका सरकारहरुले गरेको सहमति कार्यान्वयन नगरेको स्मरण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);