डा. केसीको जीवन रक्षाको माग गर्दै देशैभरका अस्पताल सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

डा. केसीको जीवन रक्षाको माग गर्दै देशैभरका अस्पताल सेवा बन्द

govinda kc

काठमाडौं, १८ माघ । चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई दवाव दिन नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिरहेका चिकित्सकहरुले डाक्टर केसीको जीवन रक्षाको माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । महाराजगंजस्थित शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले अनसनरत केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै सरकारविरुद्ध नाराबाजी लगाएका हुन् ।

चिकित्सकहरुले वीर अस्पताल, शिक्षण अस्पताललगायतका काठमाडौंमा मुख्यमुख्य अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा विरामीहरु भने मारमा परेका छन् । संघले आफूहरुको आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति दुःख पनि व्यक्त गरेको छ । संघले वार्ता र संवादको माध्यामबाट वर्तमान समस्याको समाधान गर्न पनि सरकारलाई अपिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);