नशा च्यापिने समस्या के हो? कारण र उपचार, मेरुडण्डलाई ख्याल यसरी राख्नु होस् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नशा च्यापिने समस्या के हो? कारण र उपचार, मेरुडण्डलाई ख्याल यसरी राख्नु होस् (भिडियोसहित)

nasha chapne

काठमाडौं, १८ माघ । शरिरमा भएका विभिन्न प्रकारका नशाका मदतले हामी हिडँडुल गर्न र अरु दैनिकी कामहरु गरिरहेका हुन्छौँ । ती मध्ये खुट्टाहरुमा छोएको थाहा हुने र चलाउने नशाहरु स्वाईनो कडबाट निस्किएर मेरुदण्डको हड्डी हुदैँ खुट्टासम्म पुगेको हुने गर्दछन् । यदि कुनै पनि कारणले ढाडबाट निस्कने यि नशाहरु च्यापिने अथवा दबिने दुखाई ढाडबाट सुरु भएर पैतला सम्म पुग्ने गर्दछ । जसलाई सियाईटिक भनिन्छ । ढाडबाट निस्कने साना-साना नशाहरु मिलेर मुलत दुई प्रकारका नशाहरु बन्दछन् ।

सामान्य तिर सियाईटिक नर्मल तय च्यापिने हुन्छ । जसमा दुखाई खुट्टा हुदैँ पैतलासम्म आउने गर्दछ । जब मेरुदण्डका हड्डीहरु बिचको कुरकुरे हड्डी अथवा डेक पछाडि सरेर निस्कने नशालाई च्याप्ने गर्दछ । त्यस्तो अवस्थामा नशा च्यापिएको लक्षणहरु देखा पर्दछन् । ढाड कम्मर किन दुख्छ ? नशा च्यापिने समस्या के कारणले हुन्छ त ? मेरुडण्डलाई कसरी ख्याल राख्न सकिन्छ त ? कारण र उपचार सहित  थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले न्युरोलोजिष्ट डाक्टर समर्थ सिंह संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);