नसा च्यापिने समस्या के हो? डाक्टर सुरेश सापकोटाको अनुसार यसरी बच्न सकिन्छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नसा च्यापिने समस्या के हो? डाक्टर सुरेश सापकोटाको अनुसार यसरी बच्न सकिन्छ (भिडियोसहित)

nasha chyapine samasya

काठमाडौं, १८ असार । मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकै हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ । दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।

जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात् इनभर्टिब्रटल डिस्क प्रोल्याब्स अर्थात भन्ने गर्छौं । नसा च्यापिदा शरीरमा सहि नसक्नु पीडा हुन्छ । यसको असर खुट्टा, पिढुलातिर पनि देखिन्छ । यदि शरीरको देब्रतिर नशा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दाँयातिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाई पनि त्यत्तिकै बढी हुन्छ ।

जसले गर्दा पिढुला दुख्ने, ढाड दुख्ने, धेरैबेर एकै ठाउँमा बस्न नसक्ने, बसेर उठ्दा झनै दुख्ने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने इत्यादि हुन्छ । यस्ता लक्षण समस्याको स्तर तथा समस्याको प्रकार अथवा ठाउँ पिच्छे फरक हुन्छ । नसा च्यापिने समस्या के हो ? नसा च्यापिने समस्याबाट हुनै नदिन के गर्न सकिन्छ ? खानपिनमा कत्तिको ध्यान दिनुपर्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले न्युरोलोजिष्ट डाक्टर सुरेश सापकोटा संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);