मोतीविन्दु दुर्गम र पिछडिएको समुदायमा बढी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मोतीविन्दु दुर्गम र पिछडिएको समुदायमा बढी

motibindu

काठमाडौं, १९ असार । दुर्गम क्षेत्र, पिछडा वर्ग, सीमान्तीकृत समुदाय तथा महिलामा मोतीविन्दुको समस्या अधिक छ । थोरै मात्रामा बालबालिका पनि यो रोगबाट पीडित छन् । समग्र जनसंख्याको करिब शून्य दशमलव २ प्रतिशत मोतीविन्दुले ग्रस्त छन् ।

६० वर्षमाथिका करिब आधाजति जनसंख्यामा यो समस्या छ । आँखाको लेन्समा सेतोपन देखिने भएकाले मोतिविन्दु प्रभावितहरू राम्ररी हेर्न सक्दैनन् ।

‘मुलुकमा मोतीविन्दुले अन्धै भएका करिब १ लाख र यो रोगले छोएका ५–६ लाख हुने आकलन गरिन्छ,’ तिलगंगा इन्स्टिच्युट अफ अप्थेल्मोलोजीका कार्यकारी निर्देशक डा.सन्दुक रुइतले भने । उनले करिब १ लाख २० हजार मोतिविन्दुको शल्यक्रिया गरिसकेका छन् ।

सन् २०१०–११ मा भएको सर्वेक्षणले मुलुकको ०.३५ प्रतिशत जनसंख्यामा अन्धोपन रहेको देखाएको छ । सम्पूर्ण अन्धोपनको करिब ६५ प्रतिशत कारण मोतीविन्दुलाई नै मानिएको छ । उमेरसँगै लाग्ने यो रोग घाममा बढी बिताउने, घरीघरी झाडापखाला भएर शरीरमा असन्तुलन भएका, मधुमेह भएका र अन्य औषधि सेवन गर्नेहरूमा बढी देखिन्छ । घरभित्रको वायुप्रदूषणले समेत यो समस्या हुन सक्ने अध्ययनहरूमा देखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);