सवारी प्रशिक्षण केन्द्र मापदण्ड विपरीत, १५ रोपनी जग्गा हुनुपर्नेमा ५ रोपनी मात्रै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सवारी प्रशिक्षण केन्द्र मापदण्ड विपरीत, १५ रोपनी जग्गा हुनुपर्नेमा ५ रोपनी मात्रै

trail liecence

काठमाडौं, १९ असार । यातायात व्यवस्था विभागले निजी क्षेत्रका सवारी प्रशिक्षण केन्द्रहरू मापदण्डविपरीत सञ्चालनमा रहेको जनाएको छ । भक्तपुरको राधेराधे सवारी चालक केन्द्र, चाबहिलको नेपाल ड्राइभिङ सेन्टरलगायत केन्द्र मापदण्डविपरीत रहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

‘हचुवाका भरमा अनुमति दिएको पाइयो,’ उनले भने, ‘नियमविपरीत प्रशिक्षण केन्द्र चलाइएका छन्।’ निर्देशिकामा सरकारले मापदण्ड स्पष्ट उल्लेख गरे पनि कर्मचारीको मिलेमतोमा अनुमति दिइएको उनले बताए। ‘सरकारले निःशुल्क हुने उल्लेख गरेको छ,’दाहालले भने, ‘सशुल्क चलाउने भएपनि टेन्डर प्रक्रियाद्वारा प्रतिस्पर्धा गराएर चलाउनुपर्छ, मनोमानी ढंगले अनुमति दिएको पाइएको छ।’

टेन्डर प्रक्रियाबाट अघि बढाए सेवाग्राहीलाई पनि राहत हुने उनको भनाइ छ। सवारी चालक केन्द्रका लागि सामान्यतः १५ रोपनी जमिन आवश्यक पर्ने भए पनि राधेराधे र नेपाल ड्राइभिङ स्कुलले करिब ५ रोपनीमा प्रशिक्षण चलाएको दाहालले बताए।

‘स्थान नै पर्याप्त छैन,’ उनले भने, ‘अनुमति दिँदा प्राविधिक पक्ष सबै अध्ययन गरेर दिनुपर्ने हो, त्यस्तो छैन।’ सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि फर्म शुल्क लिइसकेपछि निःशुल्क प्रयोगात्मक परीक्षा दिन पाउनुपर्ने उनले दाबी गरे। ‘परीक्षार्थीले जाँच दिँदा एकपटक शुल्क तिर्छ,’ उनले भने, ‘पटकपटक शुल्क त तिर्नु पर्दैन।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);