हेवी सवारी साधनको लाइसेन्सका लागि प्रमाणपत्र अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

हेवी सवारी साधनको लाइसेन्सका लागि प्रमाणपत्र अनिवार्य

नेपालगञ्ज, १३ भदौ । यातायात व्यवस्था कार्यालय नेपालगञ्जले हेवी सवारी साधनको लाइसेन्सका लागि प्रमाणपत्र अनिवार्य गरेपछि सेवाग्राहीले विरोध गरेका छन् । सरकारी निर्णय व्यवहारिक नभएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जले सवारी साधनका लागि कम्तीमा तीस घण्टाको तालिम प्रमाणपत्र अनिवार्य गरेपछि सेवाग्राही विरोधमा उत्रिएका हुन् । सरकारले बर्षौदेखि हेवी सवारी साधन चलाईरहेकाहरुलाई ३० घण्टा तालिम लिएको प्रमाणपत्र अनिवार्य गरेपछि विरोधमा उत्रिएको सेवाग्राहीको भनाई छ ।

यातयात कार्यालयले बुधवारदेखि हेवी सवारी साधनको लागि आवेदन माग गरेको थियो । कार्यालयले तीन दिनका लागि मात्र खुला गरेको लाईसेन्सका लागि हजारौले फाराम भर्ने तयारीमा थिए ।

तर, सिटिभीटीबाट मान्यता प्राप्त सवारी प्रशिक्षण केन्द्रको प्रमाणपत्र अनिवार्य गरेकाले धेरैको आवेदन रोकिएको सेवाग्राहीहरु बताउँछन् । यसरी आवेदन रोक्नुमा आर्थिक चलखेल समेत हुन सक्ने हुँदा आफुहरुले विरोध गरेको राप्ती सोनारी गाउँपालिका बाट आवेदन दिन आएका निर्मल परियारको आरोप छ ।

सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका २०७४ को अनुसुचि ४ मा हेवी सवारी चालक अनुमतीका लागि मान्यतापाप्त प्रशिक्षण केन्द्रबाट ३० घण्टाको तालिम लिएको हुनुपर्ने व्यवस्था छ ।

यसैलाई नियम मानेर प्रमाणपत्र अनिवार्य गरिएको यातायात कार्यालय नेपालगन्जका निमित्त प्रमुख कमलराज गौतमले बताए । उनले सेवाग्राहीले गरेको विरोधको विषयमा विभागमा समेत जानकारी गराएको बताए ।

यातायात कार्यालयले तालिम प्रमाणपत्र पत्र बाहेक एक बर्ष काम गरेको सिफारिस पत्रका आधारमा समेत आवेदन स्वीकृत गर्ने व्यवस्था गरेपछि आक्रोसित वन्दै गएको युवाको भिड केही कम हुँदै गएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);