ट्रायल पास भएका डेढ लाख सेवाग्राही 'स्मार्ट लाइसेन्स' पाउनबाट बन्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्रायल पास भएका डेढ लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’ पाउनबाट बन्चित

लाइसेन्स परीक्षा पास भइ राजस्व बुझाएका डेढ लाख सेवाग्राही स्मार्ट लाइसेन्सको प्रतिक्षामा

फूलमाया आले

काठमाडौँ, १२ माघ । यातायात व्यवस्था विभागको ढिला सुस्तीका कारण सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र (स्मार्ट लाइसेन्स ) पाएका छैनन् । विभागले बोलाएको समयमा जाँदा पनि स्मार्ट लाइसेन्स नपाउँदा सेवाग्राही आजित बनेका छन् ।

२०७२ चैत १२ गतेबाट स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागले आवेदन खुल्ला गरेको २२ महिना पुरा भएको छ । यस अवधिमा स्मार्ट कार्डका लागि ३ लाख ८५ हजारले परीक्षा पास गरे । यीमध्ये २ लाख ३३ हजारको स्मार्ट लाइसेन्स प्रिन्ट गरेर यातायात विभाग अन्तर्गतको वाग्मती अञ्चल कार्यालयले वितरण गरिरहेको छ ।

तर, १ लाख ५० हजार भन्दा बढी सेवाग्राहीको लाइसेन्स प्रिन्ट हुन बाँकी नै छ । साथै ट्रायल परीक्षामा उत्तीर्ण ६ सय र नवीकरणका लागि ३ सय गरेर झण्डै ९ सय सेवाग्राहीलाई दैनिक रुपमा स्मार्ट कार्ड वितरण गर्ने गरेको बाग्मती कार्यालयले जानकारी दिएको छ ।

पहिले वाग्मती अञ्चल कार्यालयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेको थियो । त्यतिबेला ढिला हुनु स्वभाविकै थियो । अहिले सबै अञ्चल कार्यालयबाट समेत स्मार्ट लाइसेन्स वितरण गरिन्छ । तर पनि ढिलाइ उस्तै छ ।

आवेदकको संख्या धेरै भएको र त्यसका लागि मेसिनको क्षमता पर्याप्त नभएकाले ढिलाइ भएको यातायात व्यवस्था विभागको भनाई छ । तर, अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरबाट स्मार्ट कार्ड प्रिन्ट मेसिन खरिद सुरु गरिसकेकाले सेवाग्राहीको समस्या छिट्टै समाधान हुने विभागले बताएको छ ।

आवश्यक भौतिक पुर्वाधारको तयारी विना नै विभागले सेवा सुरु गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । अर्कोतिर यातायात व्यवस्था विभागका कर्मचारीका कारण पनि आफूहरुले दु:ख पाएको सेवाग्राही बताउँछन् ।

सरकार र यातायात व्यवस्था विभागको ढिला सुस्तीका कारण नियम अनुसार सबै प्रक्रृया पुरा गरेका सेवाग्राहीले महिनैा सम्म लाइसेन्स नपाएको अवस्था छ । यो समस्या कहिलेसम्म ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);