ट्रायल पास गरेका अढाई लाखले पाएनन् लाइसेन्स | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

ट्रायल पास गरेका अढाई लाखले पाएनन् लाइसेन्स

bike lience

काठमाडौं,४ माघ । सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा ट्रायल पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र लाइसेन्स पाउन सकेका छैनन् ।लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो ।

देशभर हाल स्मार्ट लाइसेन्सको माग नयाँ नवीकरण र नेपालीकरणसमेत दैनिक करिब ५ हजार छ ।स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ ।त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन ।सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।आजको कारोबारमा यो खबर छ ।