२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा

smart lience

काठमाडौं, २४ माघ । सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ ।

विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ । सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ ।

४ लाखजना ट्रायल पास लाइसेन्सको पर्खाइमा

अहिले सवाली ट्रायल पास गरी स्मार्ट लाइसेन्सको पर्खाइमा बस्नेको संख्या ४ लाख पुगिसकेको छ । यसरी पर्खिनेहरुको संख्या दैनिक औसतमा ३ हजारजना थपिने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);