मौसम पूर्वानुमानः तीन दिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मौसम पूर्वानुमानः तीन दिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

mausam bibhag

काठमाडौं, २४ माघ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहिबार काठमाडौँ उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने । पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने । बिहिबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);