देशका विभिन्न स्थानमा वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

देशका विभिन्न स्थानमा वर्षा

rainning of ktm

काठमाडौं,१० माघ । उपत्यका लगायत आसपासको क्षेत्रमा मौसम बदली भई पानी परेको छ । यो वर्षको हिउँद लागेपछि पहिलो पटक जमिन भिज्ने गरी पानी परेको हो । सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भएपनि यसपाली ढिलो गरी वर्षा भएको छ । आज पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्ने अनुमान रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन ।

यसअघि काठमाडौं र पश्चिमका केही क्षेत्रमा फाट्टफुट्ट पानी परेको थियो । मौसमविद कँडेलका अनुसार आज देशभरीकै मौसम बदली भएको छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्नेछ । आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्र र राति पूर्वी क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको छ ।सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात हुने मौसमविदले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);