बाहिर जाँदै हुनुहन्छ ? आज दिनभर पानी पर्छ नी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाहिर जाँदै हुनुहन्छ ? आज दिनभर पानी पर्छ नी

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निरन्तर झरी, काठमाडौंको मौसम केहीबेर सफा हुने, अन्यत्र दिनभर पानी पर्ने सम्भावना

बाहिर जाँदै हुनुहन्छ ? आज दिनभर पानी पर्छ नी

काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा आज बिहानैदेखि पानी परेको छ ।

पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहमा बगिरहेकाले त्यसको प्रभावले पानी परेको हो ।

यस्तै पश्चिमी वायू र पूर्वी क्षेत्रको हावाका कारण पनि मौमम बदली भई पानी परेको मौसमविद अर्यालले बताउनुभयो ।

मध्य भेगमा भन्दा पूर्वी भेगमा बुधबार दिनभरि नै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

काठमाडौंसहित मध्य भेगका केही ठाउँमा केहीबेर मौसम खुल्ने अनुमान गरिएको छ ।

तर दक्षिणी वायूको प्रभाव धेरै रहेकाले अझै केही दिन मौसम यस्तै हुने मौसमविद अर्यालले बताउनुभयो । निरन्तरको झरीका कारण किसानहरुलाई भने राहत पुगेको छ ।

मध्य पहाडी क्षेत्रमा गहँ पाक्ने बेला हुनलागेको र मधै रोप्ने बेला भएकाले किसानलाई राहत भएको हो । यस्तै तराईका जिल्लाहरुका किसानलाई पनि राहत भएको छ ।

तराईमा मकै रोप्ने बेला भएका कारण पानि परेकाले जमिन ओसीलो भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);