अब वन क्षेत्रमा वैज्ञानिक वन ब्यवस्थापन गरिने | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

अब वन क्षेत्रमा वैज्ञानिक वन ब्यवस्थापन गरिने

श्याम गुप्ता१५ चैत बारा ।
बाराको जीतपुर सिमरा नगरपालिका वडा नं.१ स्थित साझेदारी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा अब वैज्ञानिक वन ब्यवस्थापन गरिने भएको छ ।

अब वन क्षेत्रमा वैज्ञानिक वन ब्यवस्थापन गरिने

 

 

श्याम गुप्ता१५ चैत बारा । बाराको जीतपुर सिमरा नगरपालिका वडा नं.१ स्थित साझेदारी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा अब वैज्ञानिक वन ब्यवस्थापन गरिने भएको छ । जिल्ला वन कार्यालय बाराका प्रमुख भैरव प्रसाद घिमिरेले तराईको वनमा वैज्ञानिक वन ब्यवस्थापन गर्नुको अर्को कुँनै विकल्प नैं नभएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला वन प्रमुख (डि.एफ.ओ) घिमिरेले बारामा गर्न थालिएको वैज्ञानिक वन ब्यवस्थापन कार्य मध्य तराईमा नैं उदाहरणिय हुँने बताएका छन् ।

 

वैज्ञानिक वन ब्यवस्थापन प्रणाली बाली चक्र भएकोले यस प्रणालीलाई ८० वर्षे योजना बनाएको छ । उनले एउटा सालको रुख उम्रिए पछि उपयुक्त रुपमा प्रयोगमा ल्याउँन ८० वर्ष पर्खनु पर्ने समय लक्षित गरि ल्याएको योजना रहेको बताए । ८० प्रतिशत साल प्रजाती र २० प्रतिशत अन्य प्रजातीको पूर्ण उत्पादन गर्ने लक्ष्य रहेको प्रति हेक्टरमा बढीमा २० वटा माउ रुख २२ मिटरको दुरिमा राख्नु पर्ने आवश्यक रहेको कारर्यक्रममा सहभागि वन विज्ञ रामाश्रे यादवले बताए ।

 

दश वर्षे योजना अनुसार प्रति वर्ष २.८९ हेक्टरका दरले कूल २८.९० हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन ब्यवस्थापन गर्ने लक्ष्य रहेको उक्त वन क्षेत्रमा रहेको दुई हजार दुई सय ९४ रुख कटान हुँने बताईएको छ । साझेदारी वन उपभोक्ता समिति पथलैयाका अध्यक्ष गणेश प्रसाद साहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाराका सञ्चारकर्मीहरु सहिँत स्थानीय राजनीतिक दल , बुद्धिजीवि , वन कर्मचारीहरु त्था विभिन्न वन समूहका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार