धादिङबेशीमा सोलार जडान स्थानीय खुशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धादिङबेशीमा सोलार जडान स्थानीय खुशी

शिखा श्रेष्ठ १४ चैत्र,धादिङ ।स्थानिय विकास मन्त्रालयको बजेट बिनियोजनमा नीलकण्ठ नगरपालीकाले धादिङबेशी र आसपासका विभिन्न स्थानमा ५५ वटा सोलारबत्ती जडान गरेको छ ।  वैकल्पिक उर्जालाई प्रर्वधन गर्ने, बजारका संवेदनशील क्षेत्रहरुको सुरक्षा व्यवस्थाको लागी र कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सोलार बत्ती जडान गरीएको नीलकण्ठ नगरपालिकाका  ईन्जिनियर कुमार ढकालले जानकारी दिनुभयो ।   हिमाल रेफ्रिजेनेरेशन […]

धादिङबेशीमा सोलार जडान स्थानीय खुशी

शिखा श्रेष्ठ १४ चैत्र,धादिङ ।
स्थानिय विकास मन्त्रालयको बजेट बिनियोजनमा नीलकण्ठ नगरपालीकाले धादिङबेशी र आसपासका विभिन्न स्थानमा ५५ वटा सोलारबत्ती जडान गरेको छ ।  वैकल्पिक उर्जालाई प्रर्वधन गर्ने, बजारका संवेदनशील क्षेत्रहरुको सुरक्षा व्यवस्थाको लागी र कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सोलार बत्ती जडान गरीएको नीलकण्ठ नगरपालिकाका  ईन्जिनियर कुमार ढकालले जानकारी दिनुभयो ।

 

हिमाल रेफ्रिजेनेरेशन एण्ड कम्पनी सानेपा ललितपूरको टेण्डरमा करीव ५५ लाखको लागतमा ४० लाखको टेण्डर प्रक्रिमार्फात ५५ वटा सोलारबत्ती जडान कार्य गरिएको हो । आगामी आर्थिक वर्षमा स्थानिय तह टोल सुधार समिति र उपभोक्तहरुको रहोवरमा अहिलेको भन्दा दोव्वर संख्यामा सोलार जडान गरिने सम्भावना भएको ढकालले बताउनुभयो ।  धादिङबेशी सदरमुकामका ३, ८ र १२ नम्बरमा सोलार बत्ती जडान गरिएको छ । रातको समयमा हुने अपराधिक र अप्रिय घटनामा न्युनिकरण पु¥याएको भन्दै स्थानियबासीले उक्त कार्यको प्रसंसा गरेका छन् । त्यस्तै यसलाई निरन्तरता दिनुपर्ने र मर्मत सम्भारको ग्यारेन्टी नगरपालिकाले लिनुपर्ने धारणा राखेका छन् ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);