आज घोडेजात्रा पर्व, नेपाली सेनाले विशेष कार्यक्रम गर्दै, यस्तो छ पर्व मनाउनुको कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज घोडेजात्रा पर्व, नेपाली सेनाले विशेष कार्यक्रम गर्दै, यस्तो छ पर्व मनाउनुको कारण

आज घोडे जात्रा, बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वबाट बचाउन पर्व मनाईंदै, नेपली सेनाले विशेष कार्यक्रम गर्दै

आज घोडेजात्रा पर्व

काठमाडौं । आज घोडे जात्रा, बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइँदैछ ।

हरेक वर्ष चैत कृष्ण औँशीका दिन दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे ।

यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँशीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।

चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँशीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालिमाटी क्षेत्रका मानिससमेत स्युचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौंका बासिन्दा बताउँछन् ।

घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यो पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);