आजै कुकुर तिहार पनि मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आजै कुकुर तिहार पनि मनाइदै

kukur tihar

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । आजै त्रयोदशी र चतुर्दशी परेकोले कुकुर तिहार पनि मनाइदै छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी रहेको छ । ९ बजेर २२ मिनेटसम्म काग पूजा र त्यपछि कुकुर पूजा गर्नु पर्नेछ ।

कात्तिक कृष्ण चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यसदिन नजिकैको नदी वा पोखरीमा गएर स्नान, तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर बत्ती बालेर बगाउने गरिन्छ । यसो गर्दा मृत्युपछि नरकको यात्रा गर्नु नपर्ने धार्मिक विश्वास छ ।

कुकुर तिहारका दिन कुकुरलाई मन पर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । कुकुर आज्ञापालक जनवार हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुको रुपमा समेत कुकुर रहेको छ । 

प्राकृतिक प्रकोप जस्तैं भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । साथै यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् । कुुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ । तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाईटीका मनाउने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);