तिहारको दोस्रो दिन आज घरघरमा कुकुर पुजा गरेर मनाईदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

तिहारको दोस्रो दिन आज घरघरमा कुकुर पुजा गरेर मनाईदै

kukur tihar

काठमाडौं, २० कात्तिक । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन आज घरघरमा कुकुर पुजा गरेर मनाईदै छ ।

कार्तिक कृष्ण त्रयोदशी तिथिबाट तिहार पर्व सुरु भएको मानिन्छ । यो पर्व बडा दशैंको पन्ध्र दिनपछि पर्ने गर्दछ । दीपहरुको पर्व अर्थात दीपावलीको रुपमा यस पर्वलाई सनातन धर्मावलम्वीले धूमधामका साथ मनाउँने गर्दछन् । यमपञ्चको दोस्रो दिन कुकुर तिहार, सनातन धर्मावलम्बी नेपालीहरुले घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेककुा खान दिई पूजा गर्ने चलन छ.।

आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने धार्मिक विश्वास छ. । प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने गरिन्छ. । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ. । आज नजिकैको तलाउ, खोला वा नदिमा गएर नुहाएर नरक बगाउने चलन पनि रहेको छ. ।

कुकुरको बिभिन्न गुणहरुको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन कुकुरलाई पूज्ने गर्दछन् । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावरको रुपमा पनि लिने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);