आयो तिहार : नेपालीहरुको दोश्रो ठूलो चाड आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आयो तिहार : नेपालीहरुको दोश्रो ठूलो चाड आजदेखि सुरु

tihar

काठमाडौं, ९ कात्तिक । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहारको अवधिलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिएको छ । कागलाई यमराजको दूत’ तथा सन्देश बाहकको रुपमा पूजा गर्ने प्रचलन छ । काग तिहारका दिन कागलाई खानेकुरा दिएर मात्रै खाने चलन छ ।

यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा गर्ने चलन छ । तेस्रो दिन बिहान गाई पुजा र साँझ लक्ष्मीको पुजा गरिन्छ । यस्तै यमपञ्चकको चौथो दिन बिहान गोबर्द्धन पुजा हुन्छ । सोही दिन नेपालका नेवार समुदायले म्हः पुजा अर्थात आफ्नै पुजा गर्दछन् ।

तिहारको पाँचौ तथा अन्तिम दिन भाइटिका लगाइन्छ । यसपटक भाइटिकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा छ । नेपाल भित्र मनाइने दशैं र तिहार संस्कृतिक पर्व मात्र नभएर सामाजिक जीवन र अर्थ सामाजिक व्यबस्थाको मानक पनि हो ।

बजेट खर्चको दृष्टिले समेत दशैँ जत्तिकै तिहार पनि महत्वपूर्ण छ । बजार महँगिए सँगै तिहार भड्किलो पनि बन्दै गएको विश्लेषण हुन थालेको छ । मौलिक खानपान रितिरिवाजलाई आयातित संस्कृतिले छोप्दै लागेको छ ।

यता तिहारमा प्रयोग हुने फूल बत्ती, विभिन्न किसिमका भाइ मसला, उपहार सामग्री कम गुणस्तरको हुदै गएको छ । एकातर्फ महगी अर्को तर्फ गुणस्तरहीन बस्तुले उपभोक्तालाई मारमा पारेको छ । बजारमा किनबेच बढि हुने समयमा सरकारी बिदा पर्ने हुँदा अनुगमन हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);