धन्वन्तरी जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धन्वन्तरी जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईयो

काठमाडौं, ९ असोज । देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ ।

आयुर्वेद चिकित्सा तथा पूर्वीय दर्शनका प्रर्वतक धन्वन्तरीको जन्मजयन्तीको अवसरमा सनिबार काठमाण्डौ नरदेवीमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले नेपाल औषधीजन्य जडिबुटीको धनी देश भए पनि जडिबुटीको सदुपयोग गर्न नसकिएको बताउनुभयो ।

आयुर्वेदमा केन्द्रीत बजेट न्यून रहेको तथा विनियोजित बजेट पनि खर्च नभईरहेको अवस्था रहेको भन्दै उहाँले आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्राथमिकताका साथ अघि लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले आयुर्वेदिक चिकित्सा तथा आयुर्वेदिक औषधीको महत्व बुझाउने गरि सर्वसाधरणमा जनचेतना फैलाउनुपर्ने जोड दिनुभयो ।

यसैगरी धन्वन्तरीको जन्मजयन्तीको अवसरमा बैद्यखानामा धन्वन्तरी भगवानको विधिपुवर्क पुजाआजा गरिएको छ । सिंहदरबार बैद्यखाना विकास समितिले आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा भगवान धन्वन्तरीको विशेष पुजा गर्नुको साथै आयुर्वेदिक चिकित्साको बारेमा छलफल गरेको छ ।

विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेलले आयुर्वेद चिकित्सालाई अघि बढाउँदै गुणस्तरीय औषधी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आयुर्वेदीक चिकित्सा पद्धतिलाई संसारकै पुरानो चिकित्सा पद्धति मान्ने गरिएपनि त्यसको समयानुकुल विकास र प्रवद्र्धन हुन नसक्दा छाँयामा पर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);