कसरी सुरु भयो तिहार मनाउने परम्परा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कसरी सुरु भयो तिहार मनाउने परम्परा ?

Tihar

सीता शर्मा
काठमाडौं, २० कात्तिक
। दिदिभाईको पर्व भनेर चिनिने तिहार नेपालीहरुको दोस्रो महत्वपूर्ण चाड हो । कार्तिक कृष्णपक्षको त्रयोदशीका दिनबाट शुरु भएर शुक्ल पक्षको द्धितीया तिथीको दिन सम्म यो पर्व मनाईन्छ ।

नेपालीहरुको दोस्रो महत्वपूर्ण चाड हो, तिहार । कार्तिक कृष्णपक्षको त्रयोदशीका दिनबाट शुरु भएर शुक्ल पक्षको द्धितीया तिथीको दिन सम्म यो पर्व धुमधामका साथ मनाईन्छ । हिन्दु धर्मशास्त्रका अनुसार सुर्यका छोरा यमराजले आफ्ना बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा तिहारको पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।

यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ त्यही बर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदिभाई दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, किर्ती सदा वृद्धि होस् भन्ने बरदान मागेका थिइन ।

यमराजले पनि तथास्तु भन्दै वरदान दिएका थिए । त्यसैदिन देखि तिहार पर्व मनाउने परम्परा शुरु भएको हिन्दुधर्मशास्त्रमा उल्लेख छ । यसरी ५ दिन सम्म मनाइने तिहारले धर्मको रक्षा गर्नूको संगै मानव सभ्यताको विकासक्रमलाई समेत दर्शाउने संस्कृतीविद्हरु बताउँछन् ।

तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पुजा गरिन्छ । साथै यस दिनमा आफ्नो परिवारमा कसैको मृत्यृ भएको छ भने उनीहरुको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टिका र माला लगाइदिएपछी मिठा परिकार दिएर पुजा गरिन्छ । कुकुरलाई इमन्दार जनावर भनेर मानिन्छ ।

त्यस्तै तिहारको तेस्रो दिनलाई लक्ष्मीपुजा भनिन्छ । यस दिन लक्ष्मीको रुपमा गाईको पुजा गरिन्छ । रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पुजा गरिन्छ । लक्ष्मीलाई सम्पत्ती र सौभाग्यको प्रतिकका रुपमा लिइन्छ । त्यस्तै, तिहारको चौथो दिन गोबर्धन अर्थात गोरु पुजा गरिन्छ । गोरुले कृर्षि कार्यमा पुर्याएको योगदानको कदर गदै तिहारमा गोरु पुजा गर्ने प्रचलन छ ।

तिहारको अन्तिम दिन वा भाइटिका, यसलाई अझ विशेष र महत्वपुर्णका रुपमा मनाउने गरिन्छ । भाइटिकाका दिन दिदिबहिनीले दाजुभाईलाई सप्तररंगी टिका संगै मखमली र सयपत्रीको माला लगाइदिने गर्दछन् । र, दाजुभाईले आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिने प्रचलन छ । तिहारका तथा दिपावलीलाई झिलीमीली पर्वका रुपमा पनि लिने गरिन्छ ।

त्यसै गरी तिहारमा देउसी भैलो खेलेर रमाइलो गर्ने प्रचलन पनि रहेको छ । तिहारमा शान्त वातावरणमा दिपावली मनाएर यमराजलाई समेत प्रवेश निषेध गरिन्छ ।

यसरी दिदिभाईको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै विभिन्न जिवहरुको पुजा र सम्मान गरेर मनाइने पर्व तिहारले एक अर्काे प्रतिको सम्मान गनुपर्ने सन्देश दिने गर्दछ । त्यसको साथै, कर्म आचरणले मात्र संसारमा भएका अनेकौ समस्या समाधान गर्न सकिने हुँदा तिहार पर्वले सबैमा सकारात्मक भावनाको विकास गराउनमा मद्धत पुग्ने र सस्कारसमेत सिकाउन संस्कृतीविद्को भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);